Friday, 17th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

फाखेलमा उद्यमका लागि व्यवसाय सचेतना तालिम सुरु

IMG_6372-1641313597.JPG

मकवानपुर । इन्द्रसरोवर गाउँपालिका वडा नं. ४ फाखेलमा व्यवसाय सचेतना सम्बन्धि एकहप्ते तालिम सुरु भएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत वडा नं. ४ मा दोस्रो पटक यो तालिम सञ्चालन गरिएको प्रशिक्षक दिपेशा विश्वकर्माले जानकारी दिइन् । 

No description available.

तालिमका सभाध्यक्ष तथा ४ नं. वडा अध्यक्ष धनवीर स्याङतानले सहभागीहरुलाई आफ्नै ठाउँमा मेहनत गर्न र विदेश नजान आग्रह गरे । उनले विदेश भन्दा नेपालमै कमाई गर्न सक्ने भन्दै आफ्नै ठाउँमा मेहनत नहिच्किचाई व्यवसाय गर्न र जसका लागि आवश्यक पर्ने कुराहरु तालिमबाट उपलब्धिमूलक रुपमा सिक्न अनुरोध गरे ।

No description available.

तालिमको उद्घाटन सत्रमा आफ्नो मन्तव्य व्यक्त गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम लम्सालले आयातित सामग्री उपभोग गर्ने प्रवृत्ति हटाएर आफ्नो मौलिकतालाई अङ्गाल्ने र मौलिक उत्पादनलाई प्रोत्साहन गर्ने खालका उद्यमीहरु बन्नुपर्नेमा जोड दिए । गाउँपालिकाले त्यस्ता उद्यमीहरुलाई प्रविधिको विकासमा र लगानीका लागि ऋणमा ब्याज अनुदान दिँदै आएको बताउँदै बेरोजगारहरुलाई उद्यमी बनाउन गाउँपालिकाले थप बजेटको व्यवस्था समेत गरेको उनको भनाइ छ ।

No description available.

“उद्यम गरौँ, आत्मनिर्भर बनौँ” भन्ने नारा सहित इन्द्रसरोवरले सञ्चालन गरेको मेड्पा कार्यक्रम गत आ.व.मा वडा नं. १ र २ मा सञ्चालन भएको थियो भने चालु आ.व.मा वडा नं. ३,४ र ५ मा सञ्चालन भैरहेको छ । 
No description available.



https://www.thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।