Friday, 3rd July, 2026
वि.स.

फरार सूचीमा रहेका ६ जनालाई मकवानपुर प्रहरीले पक्राउ गर्यो

विभिन्न मुद्दामा अदालतले दोषी ठहर गरेका तर लामो समयदेखि फरार रहेका ६ जना प्रतिवादीलाई मकवानपुर प्रहरीले एकैदिनमा पक्राउ गरेको छ ।

विभिन्न स्थानमा लुकिछिपी बसेको सूचनाको आधारमा मकवानपुर प्रहरीले १९ माघमा ६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुर गढी गाउँपालिका-८ का ७३ वर्षीय देवलाल रुम्वा, मनहरी गाउँपालिका- ९ का ४८ वर्षीय चेपाङ माइला भन्ने भोज बहादुर प्रजा, मनहरी गाउँपालिका- ६ का ४३ वर्षीय राम सिंह लोप्चन, सोही ठाउँ बस्ने ३२ वर्षीय कान्छा भन्ने राजकुमार तामाङ, २९ वर्षीय छिरिङ मोक्तान र ३८ वर्षीय प्रताप सिंह जिम्बा रहेका छन् ।

देवलाललाई २०५६ असार १६ गते जिल्ला अदालत मकवानपुरले कर्तव्य ज्यान मुद्दामा २१ वर्ष ६ महिना कैद सजाय सुनाएको थियो भने भोजबहादुरलाई २०७५ जेठ २२ गते मकवानपुर जिल्ला अदालतले लागूऔषध मुद्दामा १० महिना कैद सुनाएको थियो ।

राम सिंह लोप्चन, राजकुमार, छिरिङ र प्रतापलाई भने जिल्ला अदालत चितवनले २०७४ साल असार २० गते लेवन मुद्दामा १०/१० हजार जरीवाना सुनाएको थियो ।

मकवानपुरका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार पक्राउ परेका सबैजनालाई फैसला कार्यान्वयनका लागि अदालतमा उपस्थित गराइने तयारी भइरहेको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०

pakrau-1612189424.jpg

सांकेतिक तस्बिर