Tuesday, 21st April, 2026
वि.स.
Thaha-002-1774415222.gif

फरार रहेका ४ जना मकवानपुर प्रहरीद्वारा पक्राउ

asdfee-2-1629039352.jpg

विभिन्न अपराधमा सजाय भोगेर फरार रहेका चार जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध गाँजा, चेक अनादर र चोरी मुद्दामा फरार रहेका चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

चोरी मुद्दामा फरार रहेका कैलाश गाउँपालिका वडा नं. ८ घर भई मनहरी गाउँपालिका वडा नं. ९ बस्ने १८ बर्षीय राजिन्द्र मोक्तान पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्‍वर रिमालले जानकारी दिए । मकवानपुर जिल्ला अदालतको विसं २०७७ माघ २८ गते फैसलाअनुसार मोक्तानलाई १ बर्ष ४ महिना कैद र २० हजार जरिवाना कैद फैसला भएको थियो ।

त्यस्तै लागुऔषध गाँजा मुद्दामा फरार रहेका रौतहट चन्द्रपुर नगरपालिका वडा नं. ३ बस्ने ३० बर्षीय पुर्ण बहादुर गोलेलाई हेटौंडा–२ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । मकवानपुर जिल्ला अदालतको विसं २०७८ बैशाख १६ गतेको फैसलाले गोलेलाई लागुऔषध गाँजा मुद्दामा १० महिना ५ दिनको कैद फैसला भएको थियो ।

पक्राउ परेकालाई जिल्ला अदालत पेश गरिएकामा अदालतको आदेशअनुसार निजहरुलाई कैद भुक्तानीका लागि भिमफेदी पठाउने कार्य भईरहेको छ ।

यसैगरी चेक अनादर मुद्दामा दुई फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलाश गाउँपालिका वडा नं. १ बस्ने ३७ बर्षीय पेमा योञ्जन र कैलाश गाउँपालिका वडा नं.२ बस्ने २७ बर्षीय दिल बहादुर नेगी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

योञ्जन र नेगीलाई हेटौंडा उपमहानगरपालिका वडा नं.२ बाट जिल्ला प्रहरी कार्यालय खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो । मकवानपुर जिल्ला अदालतले विभिन्न मितिमा गरेको फैसलाको फैसलाले योञ्जनलाई दुई हजार र नेगीलाई एक हजार जरिवाना फैसला भएको थियो ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०