Sunday, 23rd August, 2026
वि.स.

प्लान/राडोद्वारा थाहा नगरलाई दर्जनौँ स्वास्थ्य सामग्री सहयोग 

1800x1200_covid19_54-1624724505.jpg

प्लान इन्टरनेशनलको आर्थिक सहयोग र राडो नेपालको समन्वयमा थाहा नगरपालिकालाई कोभिड–१९ प्रतिकार्यका लागि विविध स्वास्थ्य सामग्री सहयोग उपलब्ध गराइएको छ । 

१२ असारमा राडो नेपालले थाहा नगरपालिकालाई फेससिल ७० थान, थर्मल गन ८ थान, अक्सिजन रेगुलेटर २ थान, एन ९५ मास्क ३० वटा, पिपिइ गाउन ६० थान, अक्सिमिटर १५ थान, नेबुलाइजर २ थान र सर्जिकल मास्क चार हजार थान उपलब्ध गराएको हो । त्यसैगरी  ग्लोब्स पाँच हजार जोडी, अटोक्लिप १ थान, सोडियम हाइड्रोक्लोराइड १० लि. र सेनिटाइजर २५ बोत्तल सहयोग प्राप्त भएको नगर प्रमुख लवशेर विष्टले बताए । 

विपदको बेला सहयोग गरेकोमा थाहा नगरपालिकाले प्लान÷राडोलाई धन्यवाद दिएको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०