Monday, 31st August, 2026
वि.स.

प्रेस संगठनको केन्द्रमा मकवानपुरका ६ पत्रकार

Ram-Kummar-1574740481.jpg

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट पत्रकारहरुको संस्था प्रेस संगठन नेपालमा मकवानपुरका ६ जना पत्रकार पर्न सफल भएका छन् ।तत्कालिन नेकपा एमाले र नेकपा माओवादी एकिकरण भएसंगै उनीहरु निकट पत्रकारसम्बद्ध संस्था पनि एकिकरण भएको थियो । तत्कालिन प्रेस चौतारी र प्रेस सेन्टर मिलेर प्रेस संगठन बनेको थियो । प्रेस संगठन नेपालको केन्द्रीय कमिटीको संख्या २३५ सदस्यीय कायम गरिएको छ ।

 

 

 

 

एकिकरणको लामो समयपछि प्रेस संगठनले आफ्नो केन्द्रीय कार्यसमितिको नाम घोषणा गर्ने क्रममा मकवानपुरबाट ६ जना पत्रकार पर्न सफल भएका हुन् । केन्द्रीय समितिमा मकवानपुरबाट तत्कालिन चौतारीका रामकुमार एलन, राजन दाहाल, शान्तराम विडारी, शिवकुमार काशी र तत्कालिन प्रेस सेन्टरबाट सुनिल खड्का र नानीमैया विष्ट परेका हुन् ।

प्रेस संगठनले सुनिल खड्कालाई ३ नम्बर प्रदेशको सहसंयोजकको जिम्मेवारी पनि दिएको छ भने रामकुमार एलनलाई प्रतिष्ठानको ईन्चार्जको जिम्मेवार दिईएको छ । जिल्ला विभाजन गर्दा जिल्ला संयोजकमा मकवानपुर तत्कालिन प्रेस चौतारीलाई परेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०