Saturday, 15th August, 2026
वि.स.

प्रावि तहको शिक्षकका लागि विज्ञापन खुल्यो

kshikshya-sewa-ayog-1640762876.jpg

शिक्षक सेवा आयोगले प्राथमिक तहको तृतीय श्रेणीको शिक्षकका लागि विज्ञापन आह्वान गरेको छ । आयोगले खुलातर्फ १३ हजार ९३ पदका लागि १४ पुसमा विज्ञापन आह्वान गरेको हो । विज्ञापन १४ पुसको गोरखापत्र र आयोगको वेबसाइटमा अपलोड गरिएको आयोगले जनाएको छ ।

इच्छुक उम्मेदवारले १४ माघसम्म नियमित शुल्कमा र त्यसपछि २० माघसम्म दोब्बर शुल्कमा परीक्षा आवेदन फाराम भर्न सक्नेछन् । 

परीक्षा आगामी २० चैतमा सञ्चालन हुने आयोगका एक अधिकारीले बताए । आयोगले यसअघि माध्यमिक तहको १ हजार ५ सय ४७ शिक्षक र निमावि तहको लागि दुई हजार ५९८ पदका लागि विज्ञापन गरिसकेको छ । 

आयोगले आगामी चैतमा सबै तहको लाइसेन्स परीक्षाका लागि विज्ञापन गर्ने गृहकार्य गरिरहेको पनि जानकारी दिएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif