Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

प्रारम्भिक बाल विकासका लागि सामुदायिक सहजकर्ता तालिम

229493859_451707206836051-1628995926.jpg

मकवानपुरको थाहा नगरपालिकामा प्रारम्भिक बाल विकासको लागि चार दिने सामुदायिक सहजकर्ता तालिम संचालन भएको छ । थाहा नगरपालिकाको आयोजना तथा एकीकृत ग्रामिण सेवा मकवानपुर र प्लान यन्टरनेशनलको साँझेदारीमा तालिम भएको हो । 

थाहानगरको थाना बजारस्थित गंगा होटलमा २७ देखि ३० साउनसम्म तालिम संचालन भएको थियो । तालिममा बाल सपना परियोजना संचालित थाहा नगरपालिकाका वडा नम्बर ३, ४, ५, ७ र ८ वडाका १३ जना सहजकर्ताहरु र ६ जना सामाजिक परिचालकको सहभागिता रहेको थियो । सहभागहिरुलाई राष्ट्रिय सेतो गुराँसका नर बहादुर पाख्रिन, एकीकृत ग्रामिण विकास सेवाका संजीव कुमार जोशी र पुनम पाख्रिनले सहजकीकरण गरेका थिए । 

तालिमका क्रममा सहभागीहरुलाई एकीकृत ग्रामिण विकास सेवा मकवानपुरका सचिव मीनराज पौडलले स्वागत गरेका थिए । थाहा नगरपालिकाका सूचना तथा अभिलेख व्यवस्थापन शाखा प्रमुख सुरजकुमार भुजेलकाे समेत उपस्थिती रहेकाे कार्यक्रममा थाहा नगरपालिका स्वास्थ्य शाखाका सिअनमी निरीक्षक बालकुमारी ढकालले परियोजनाको सन्दर्भमा मन्तव्य व्यक्त गरिन् । उनले प्लान इन्टरनेशनलको सहयोगमा संचालित परियोजना नगरपालिकाको लागि प्रभावकारी भएको बताउँदै एकीकृत ग्रामिण विकास सेवालाई धन्यवाद दिइन् । 

परियोजना प्रभावकारी रुपमा संचालनका लागि एकीकृत ग्रामिण विकास सेवाले ६ वटा वडालाई १८ वटा टोलमा विभाजन गरेको छ । अब ति टोलहरुमा भेल ागर्ने योजना रहेको संस्थाका संजीव कुमार जोशीले जानकारी दिए । कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेकोले स्वास्थ्य मापदण्ड पूरा गरेर मात्र यस्तो भेला आयोजना गरिने जोशीले बताए । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०