Monday, 17th August, 2026
वि.स.

प्रहरी जवान मृत भेटिए

Death-Body-1-1628073352.jpg

कैलालीको धनगढीस्थित सशस्त्र प्रहरी बल नं ३४ गण हेडक्वार्टर परिसरमा २० साउनमा एक जना सशस्त्र प्रहरी जवान मृत भेटिएका छन् । 

हेडक्वाटरमा कार्यरत सशस्त्र प्रहरी जवान हरिष शाही कार्यालय परिसरभित्र पानी जमेको ठाउँमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । 

उनको  डडेलधुरा भागेश्वर गाउँपालिकामा घर भएको बताइएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०