Monday, 24th August, 2026
वि.स.

प्रहरीमाथि धारिलो हतियार प्रहार गर्ने ३ जना पक्राउ

pakrau-2-1597728277.jpg

गएराति हेटौंडा उपमहानरपालिका वडा नंबर ६ को गौरिटारमा प्रहरी माथि धारिलो हतियार आक्रमण गर्ने ३ जनालाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता ईन्द्र बहादुर रानाले घटनामा संलग्न ३ जनालाई पक्राउ गरिएको जानकारी दिए । प्रवक्ता रानाका अनुसार पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानरपालिका वडा नंबर ६ का २६ वर्षीय भक्तराम राउत,१६ वर्षीय उत्सव गौतम र ५० वर्षीय नकुल विक रहेका छन् । पक्राउ पर्नेहरु लागूऔषध सेवनकर्ता रहेको बताईएको छ ।

घटनामा घाईते भएका ईलाका प्रहरी कार्यलयका चौघडाका प्रहरी सहायक निरीक्षक डम्बर बहादुर केसिको उपचार भरतपुर अस्पतालमा भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जानकारी दिएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif