Wednesday, 26th August, 2026
वि.स.

प्रधानमन्त्री ओलीद्वारा धरहरा उदघाटन

dharahara-1619244561.jpg

प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्मित धरहरा उदघाटन गरेका छन्। भूकम्पको ६ वर्षपछि ठडिएको २२ तले धरहराको शनिबार ९वैशाख ११० गते लोकतन्त्र दिवसको दिन ओलीले उद्घाटन गरेका हुन्। उनले धरहराको प्रवेशद्वारमा राखिएको शिलालेख अनावरण गर्दै सम्उद्घाटन गरेका हुन्।

 ६ वर्षमा भत्किएको धरहरा यथावत् राखेर नजिकै अर्को धरहरा बनाइएको छ। विसं २०७४ कात्तिक २७ गते मन्त्रिपरिषद् बैठकले धरहरा पुनःनिर्माणको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिने निर्णय गरेको थियो । विसं। २०७५ असोज १४ गते प्राधिकरणले धरहरा पुनःनिर्माण शुरु गरेको थियो । पहिलोपटक प्रधानमन्त्री बनेको बेला २०७२ फागुन ४ गते केपी शर्मा ओलीले ‘मेरो धरहरा मै बनाउँछु’ अभियान शुरु गरेका हुन्।

२०७२ वैशाख १२ को भूकम्पले ध्वस्त बनाएको ऐतिहासिक धरहरा जीआईईटीसी–रमन जेभीले धरहराको पुनर्निर्माणको काम भ्याटसहित तीन अर्ब ४८ करोडमा बनाइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ। अब बन्ने धरहरा क्षेत्र करिब ४२ रोपनी क्षेत्रफलमा फैलिनेछ। 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif