Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

प्रदेश लोकसेवा आयोग हेटौंडाद्वारा पाँचौ तहको पहिलो चरणको परीक्षाको नतीजा प्रकाशन(नतीजाको लिङ्कसहित)

lokseba-ayog-1536x709-1623045036.jpg

प्रदेश लोक सेवा आयोग, बागमती प्रदेश हेटौँडाद्वारा पाँचौ तहको पहिलो चरणको परीक्षाको नजतीजा प्रकाशन गरिएको छ । प्रदेश स्तर र स्थानीय तहका पाँचौ तहका कर्मचारीका लागि माग गरिएको नतिजा प्रकाशन गरिएको हो ।

पहिलो चरणको परीक्षामा ३ हजार २ सय ४१ जना उत्तीर्ण भएको प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले जानकारी दिए । पाँचौ तहको परीक्षामा प्रशासन सेवा, सामान्य प्रशासन, लेखा समुहका लागि ५ हजार ९ सय १८ जनाले परीक्षा दिएकोमा ३ हजारजना भन्दा धेरैले पहिलो चरणको परीक्षा उत्तीर्ण गरेको उनले तबाए । 

अर्को लिखित परीक्षा भने कहिले हुने भन्ने अहिलेसम्म टुङ्गो लागिसकेको छैन । कोरोनाको सङ्क्रमणका कारण सबैखालका परीक्षा स्थगित भएकाले परिक्षाको मिति तोक्न नसकिएको अध्यक्ष श्रेष्ठले वताए ।
http://ppsc.bagamati.gov.np/@dmin/images/notice/file/1093/Result.pdf

ppsc.bagamati.gov.np



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०