Tuesday, 6th October, 2026
वि.स.

प्रदेश–३ का सामुदायिक विद्यालयमा-एक विद्यालय, एक नर्स

 प्रदेश ३ सरकारले सामुदायिक विद्यालयमा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम सुरु गरेको छ। पहिलो चरणमा विद्यालय छनोट गरी नर्स छनोट प्रक्रिया सुरु भएको छ।

विद्यार्थीहरु बिरामी हुँदा विद्यालयमै उपचार गराउने लक्ष्यको साथ एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन हुन लागेको हो।

प्रदेश ३ को सामाजिक विकास मन्त्रालयले पहिलो चरणमा ‘पाइलट प्रोजेक्ट’ का रूपमा १३ जिल्लाका २० विद्यालयमा नर्स छनोट प्रक्रिया अघि बढाएको सामाजिक विकास मन्त्री युवराज दुलालले बताए।