nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 15th May, 2024
वि.स.
1000043965-1707579226.jpg

प्रतिनिधि टिम थाहा–१ लाई तेस्रो विनयबाबु बस्नेत स्मृति जिल्लास्तरीय भलिबलको उपाधि

Sports-CV1-1572230784.png

मकवानपुर थाहानगरको फाँट बजारमा संचालन भैरहेको तेस्रो विनयबाबु बस्नेत स्मृति जिल्लास्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधि प्रतिनिधि टिम थाहा नगरपालिका वडा नम्बर–१ ले हात पारेको छ । उपाधिसंगै प्रतिनीधि टिमले ५१ हजार नगद सहित शिल्ड मेडल तथा प्रमाणपत्र पाएका छन् । प्रतिनीधि टिमले १९–२५, २५–२१, २५–१८, २२–२५ र १५–५ को प्रतिस्पर्धात्मक अन्तरले हटिया स्पोर्टस एकेडेमी हेटौंडालाई पराजित गदै उपाधि हासिल गरेको हो । 

प्रतियोगितामा उप विजेता हटिया स्पोर्टस एकेडेमीले नगद २६ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र पुरस्कार पाएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी प्रतिनीधि टिम थाहा–१ को बलराम सुवेदी घोषित भए भने प्रतिनीधि टिमबाटै वेस्ट लिफ्टर राजकुमार कर्माचार्य, वेस्ट डिफेडर रोशन गोपाली र उत्कृष्ट कोच वसन्त गोपाली घोषित भए । त्यसैगरी हटिया स्पोर्टस एकेडेमीका वेस्ट स्पाइकर राजकुमार राई, वेस्ट ब्लकर निरपेश जोशी र उदयीमान खेलाडी राज थिङ घोषित भए । उनीहरुले ट्रफी पाएका छन् । 

प्रतियोगिताका विजयीहरुलाई कार्यक्रमका प्रमुख अतिथी तथा खेलकुद परिषद् प्रदेश–३ का सदस्य माधव तिमल्सिनाले पुरस्कार वितरण गरेका थिए ।  कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष हेरमान गोपाली, २ का वडा अध्यक्ष गुप्त बहादुर कार्की, ३ का वडा अध्यक्ष राजेश केसी तथा स्थानीय संघस.सथाका प्रतिनीधिहरुको आतिथ्यता रहेको थियो । ७ कार्तिकबाट शुरु भएको प्रतियोगितामा मकवानपुर जिल्लाका १४ टिमको सहभागिता रहेको थियो ।

कार्यक्रम विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानका अध्यक्ष शंकर काकीृको सभाध्यक्षतामा भएको थियो । सशस्त्र प्रहरीमा सेवारत् विनयबाबुको दुर्घटनामा परी मृत्यू भएपछि उनको नाममा २०७४ सालबाट यो प्रतियोगिता शुरु गरिएको हो ।
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)







Makai-bali-prabardhan-1706086965.jpg
bali-bima-ko-suchana-1701933793.jpg
1000043372-1706361050.jpg