Friday, 17th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

प्रतिनिधिमण्डलसहित हमालले भेटे मन्त्री झाँक्रीलाई,  भने–‘इन्टरलकिङ ब्रिकको गाइडलाइन अभावले समस्या भयो’

deepak-1640272716.jpg

इन्टरलकिङ ब्रिक्स एसोसिएसन अफ नेपालले सरकारी नम्स तथा गाईड लाईन्सका लागि सहरी विकास मन्त्री रामकुमारी झाक्रीलाई भेटेर ज्ञापनपत्र बुझाएको छ । संस्थाका अध्यक्ष दीपक हमालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले भुकम्प प्रतिरोधात्मक, बातावरण मैत्री तथा मितव्ययी उत्पादनको रुपमा चिनिएको इन्टरलकिङ  ब्रिक्सलाई आम प्रयोगकर्ताहरुसम्म पु¥याउन सके प्रभावकारी हुने बिषयलाई समेत मन्त्री झाक्रीलाई ध्यानाकर्षण गराएको छ ।

बि. सं. २०७२ को भुकम्प पश्चात पुननिर्माणको क्रममा सहरी विकास मन्त्रालयले ईन्टरलकिङ ब्रिक प्रयोगका लागि अघि बढाएको भए पनि अहिलेसम्म कुनै नम्स र गाईडलाईन्स भने राख्न नसकेको कुरा इन्टरलकिङ ब्रिक्स एसोसिएसन अफ नेपालका केन्द्रिय अध्यक्ष हमालले बताए । अहिलेसम्म ४०० भन्दा बढी साना उद्योगीहरुले सो इट्टा उत्पादनका लागि लगानी गरिसकेको भए पनि सरकारी नम्स र गाइडलाइन जारी नगरेको हुँदा सहज रुपमा प्रयोग गर्न नसकिएको व्यवसायीहरुले बताएका छन । 

ईन्टरलकिङ ब्रिकको प्रयोगले भुकम्प प्रतिरोध, बातावरण मैत्री तथा मितव्ययिता मात्र नभएर अहिले विश्वकै गम्भिर बहसमा रहेको भुमण्डलीय उष्मीकरणको नियन्त्रणका लागि समेत ठूलो महत्व राख्ने भएकोले सम्बन्धित सबैले ध्यान दिनुपर्ने कुरा मन्त्रीसँग भेटको क्रममा ब्युल्ड अफ नेपालका निर्देशक बियोन सोडरबर्गले बताए ।

त्यसैगरी अष्ट्रेलियन एम्बेसी, यू.एस.ए.आईडी., कम्यूनिटी ईम्प्याक्ट नेपाल, ईन्टरलकिङ ब्रिक्स एसोसिएसन सुदुर पश्चिम नेपालका प्रतिनिधि लगाएत टेक्निकल ईन्जिनियरहरु सहितको बिज्ञ टोलीको ज्ञापनपत्र बुझ्दै मन्त्री झाक्रीले यसमा आवद्ध संस्था र ब्यावसायीहरुलाई बिषयगत अध्ययन गरेर तत्काल सहजिकरणका लागि सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेको हमालले थाहाटाइम्सलाई जानकारी दिए । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०