Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

प्याब्सनले थाहानगरलाई बुझायाे ज्ञापन-पत्र, शिक्षक-कर्मचारीलाई खाेप लगाउन माग

2593a416aa87b66d8563bebcd-1623567966.jpg

थाहानगरमा क्रियाशील निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) थाहा नगरले निजी विद्यालयका शिक्षक तथा कर्मचारीहरुका लागि कोभिड-१९ विरुद्धको खोप लगाउन माग गर्दै थाहा नगरपालिकालाई ज्ञापन पत्र बुझाएकाे छ । 

३१ जेठमा प्याव्सन नगर कमिटीका अध्यक्ष सुरेन्द्रमान प्रधानको नेतृत्वमा गएको टोलीले नगर प्रमुख लवशेर विष्टलाई  ज्ञापन पत्र बुझाएको हो । 

ज्ञापन पत्रमा निजी क्षेत्रमार्फत लागत व्यहोर्ने गरेरै भएपनि संस्थागत विद्यालयका कार्यरत करिव २ सय शिक्षक कर्मचारीलाई तत्काल खोपको व्यवस्था गर्न माग गरिएको छ । ज्ञापन पत्रमा छिमेकी मुलुक चीनमा विद्यालय तहका बालबालिकाहरुलाई समेत खोप लगाउन अनुमति दिइसकेको अवस्था दर्शाउदै तत्काल नेपाल सरकारको ध्यानाकर्षण गराउन समेत माग गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै थाहानगरका मेयर लवशेर विष्टले अग्रपंक्तिमा क्रियाशील सबैलाई यथासिघ्र खोप लगाउने वातावरणका लागि आफू लागिरहेको बताए ।