Thursday, 27th August, 2026
वि.स.

पौडी खेल्ने क्रममा दुई बालकको डुबेर मृत्यु

d-1617431598.jpg

पानी जमेको खाल्डोमा पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु भएको छ।

प्रहरीका अनुसार कीर्तिपुर नगरपालिका-६ टौदह नयाँ झोलुङ्गे पुलनजिक पानी जमेको खाल्डोमा पौडी खेल्ने क्रममा डुबेर दुई जना बालकको बिहीबार दिउँसो डुबेर मृत्यु भएको हो।

प्रहरीका अनुसार मृत्यु हुनेह दक्षिणकाली नगरपालिका-१ खहरे बस्ने ओखलढुङ्गा सिजिदेव गाउँपालिका-३ घर का ११ वर्षीय प्रशान्त सुनुवार र ओखलढुङ्गा सिद्धिचरण नगरपालिका-१ घर भएका ८ वर्षीय क्रिस मगर छन्।

खाल्डोमा पाँच जना बालक पौडी खेल्न गएकोमा दुई जना हराएपछि महानगरीय प्रहरी वृत्त कीर्तिपुर र विपद व्यवस्थापनबाट  टोली गएको थियो।

टोलीले खोजी गर्ने क्रममा खाल्डोमा बालकको शव फेला पारेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif