Tuesday, 25th August, 2026
वि.स.

पोखरीमा डुबेर एकैपटक पाँच बालिकाको ज्यान गयो

dubera-1623401152.jpg

धनुषामा पोखरीमा डुबेर एकैपटक पाँचजना बालिकाको ज्यान गएको छ।

धनुषाको मुखियापट्टी मुसहरनिया ६ लक्ष्मपुरका पाँच बालिकाको शुक्रबार दिउँसो पोखरीमा डुबेर मृत्यु भएको हो।नुहाउन गएका बालिकाहरुको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेहरुमा स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया यादव, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी भगत, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मञ्जु पुर्वे, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी ठाकुर र उतिम साह तेलीकी १२ वर्षीया ललित साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

दिउँसो साढे १२ बजेको समयमा नुहाउन गएको बेला उनीहरुको डुबेर मृत्यु भएको हो। घटनाका विषयमा थप अनुसन्धान गरिरहको प्रहरीले जनाएको छ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif