Thursday, 2nd July, 2026
वि.स.

पोखरामा कांग्रेसका दुई बागीले फिर्ता लिए, कार्की पछि हटेनन्

bimal-karki-pokhara_ST9is-1651235256.jpg

पोखरा महानगरपालिकाको मेयर पदमा सत्ता गठबन्धनविरुद्ध बागी उठेका विमल बहादुर कार्कीले उम्मेदवारी फिर्ता लिएनन्। निर्वाचन आयोगले तोकेको शुक्रबार साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय दिएको थियो। 

पोखरामा नेपाली कांग्रेसका ऋषि सापकोटा, नन्दप्रसाद तिवारी र कार्कीले बागी दिएका थिए।

कांग्रेसले मतदातालाई अन्य दलको चिह्नमा भोट हाल्न बाध्य गराएको भन्दै स्वतन्त्र उम्मेदवारी दिएका सापकोटा र तिवारीले उम्मेदवारी फिर्ता लिएका छन्। 

कार्कीले आफ्नो उम्मेदवारी राजनीतिक विद्रोह भन्दै अडानमा कायमै रहेको सञ्चारमाध्यमहरूलाई बताएका छन्। 

कार्की कास्की २ नम्बर का क्षेत्रीय सभापति तथा कांग्रेस पोखरा नगर कार्यसमितिका पूर्वसभापति पनि हुन्। 

सभापति शेरबहादुर देउवाले गठबन्धनको नाममा अन्य पार्टीको चुनाव चिह्नमा मतदान गर्न लगाएपछि बागी उम्मेदवारी दिनुपरेको कार्कीले  बताए। 

 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०