Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

पोखराबाट थाहानगरलाई अक्सिजन कन्सट्रेटर सहयोग

thaaaaaaaaaaa2-1622896314.jpg

मकवानपुर थाहा नगरपालिकालाई कास्कीको पोखरमा क्रियाशील सेवाका लागि युवा संस्थाले स्वास्थ्य उपकरणसहित सामाग्रीहरु सहयोग गरेको छ । सेवाका लागि युवा/सेवा क्यानडा इन्टरनेशनलले २२ जेठमा २ वटा अक्सिजन कन्सट्रेटर, ४ सय ५० थान सर्जिक मास्क, हातेग्लोब्स १ सय थान, पिपिइ १५ थान र सेनिटाइजर ५ बोत्तल सहयोग गरेको हो । 

पोखराबाट थाहा नगरपालिका कार्यालयमै आएर संस्थाका अध्यक्ष अशिल कुमार शाही र सचिव छेवाङ कर्मा तामाङले नगर प्रमुख लवशेर विष्टलाई सामाग्रीहरु हस्तान्तरण गरेका हुन् । गैर सरकारी संस्था च्वाईस नेपालमा कार्यरत् थाहा–४ का घनश्याम थापाले सहयोगी संस्थासंग समन्वय गरेका थिए । 

सामाग्री हस्तान्तरण कार्यक्रममा संस्थाका अध्यक्ष शाहीले उल्लेख्य सहयोग गर्न नसकेपनि थाहा नगरपालिकालाई केही भरथेग गर्न पाएकोमा खशुी व्यक्त गरे । उनले आफ्नो संस्थाको सहयोगबाट विरामी व्यक्तिहरुले सेवा पाउनेमा विश्वास व्यक्त गरे । स्वास्थ्य लगायत अन्य सीपमुलक व्यवसाय र आयआर्जनका क्षेत्रमा समेत कार्य गर्दै आएको सो संस्थाले कोभिड रोकथाम तथा नियन्त्रणका लागि मात्र नभइ अन्य विषयगत कार्यक्रममा समेत थाहा नगरपालिकासंग सहकार्य गर्ने अध्यक्ष शाहीले प्रतिवद्धता जनाए । 

सो अवसरमा युवाहरु संगठित भएर सामाजिक काममा लाग्नू उदाहरणीय कार्य भएको नगर प्रमुख विष्टले बताए । युवाहरुले गरेको सामाजिक काम प्रभावकारी हुने बताउँदै सहयोग र सक्रियताको प्रशंसा गर्दै नगर प्रमुख विष्टले धन्यवाद दिए । संस्थाको सहयोगले नागरिकको जीवन बाँच्ने बताउँदै उक्त संस्थाको सामाजिक कार्यको खुलेर प्रशंसा गरे । उनले भने–‘तपाइहरु जस्तो सामाजिक काम गर्ने  संस्थाका लागि थाहानगरको सहकार्यको ढोका सधै खुल्ला रहनेछ ।’ सहयोगीप्रति खुशी हुँदै नगरपालिकाको तर्फबाट सहयोग संस्थालाई नगर प्रमुख विष्टले प्रशंसा पत्र हस्तान्तरण गरे ।

कार्यक्रममा स्थानीय घनश्याम थापाले संस्था र थाहानगर बीचको समन्वय जारी राख्ने र अन्य कार्यक्रमहरु पनि संचालनका लागि पहल गर्ने बताए । च्वाइस नेपालका ग्रामिण विकास विशेषज्ञ कुल प्रसाद तिवारीले थाहानगरसंग सामाजिक काम गर्न निकै सहज रहने प्रतिक्रिया दिए । च्वाइस नेपालले केही वर्ष अघिदेखि थाहानगरमा सामुदायिक सशक्तीकरण तथा शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रमा विकास साँझेदार भई कार्य गर्दै आएको छ । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०