Saturday, 15th August, 2026
वि.स.

पूजाको प्रसाद खाँदा एकै गाउँका ३० जना बिरामी

610667deec0c0_puja_parsad-1627814740.jpg

मेलम्ची नगरपालिकामा ११ चापाबोट चालिसे गाउँमा पूजाको प्रसाद खाँदा एकै गाउँका ३० जना बिरामी भएका छन् । मेलम्ची नगरपालिकाकी उपमेयर भगवती नेपालले ती सबै बिरामीलाई अस्पताल पु-याइएको जानकारी दिए ।

बिरामी भएका सबैमा फूड पोइजन हुन सक्ने स्थानीय स्वास्थ्यकर्मीहरुले जनाएका छन् । ३० जनामा झाडापखला, वान्ता हुने समस्या देखिएको छ ।

स्थानीय अस्पताल र घरमा नै बिरामीहरुको उपचार भइरहेको छ । स्थानीय अस्पतालमा उपचार नभएमा राजधानी उपचारका लगिने बिरामीका आफन्तजनले जनाएका छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif