Monday, 24th August, 2026
वि.स.

पाल्पामा पहिरोले ६ घर पुरिए, एक जनाको मृत्यु, चार वर्षीय बालक बेपत्ता

landslide-in-nepal-1-1625712251.jpg

पाल्पाको तिनाउ गाउँपालिका–५ मा पहिरोले ६ घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन् । उक्त घटनामा सात जना घाइते छन् ।

तिनाउ–५ का ४५ वर्षीय वीरबहादुर गुरुङको पहिरोमा पुरिएर मृत्यु भएको र स्थानीय पूजा परियारका चार वर्षीय छोरा बेपत्ता भएको भनेर स्थानीयले सूचना दिएको प्रहरीले जनाएको छ ।

यद्यपि घटनास्थलसम्म पुग्ने बाटो अवरुद्ध भएकाले प्रहरीको टोली पुग्न नसकेको एसपी सन्तोष कुमार भट्टराईले बताए । ‘प्रहरीको टोलीलाई पैदल पठाइएको छ तर जताततै पहिरो गएकाले घटनास्थलसम्म हाम्रो टोली पुग्न सकेको छैन,’ जिल्ला प्रहरी प्रमुख भट्टराईले भने, ‘एक जनाको मृत्यु र एक जना बच्चा बेपत्ता भएको सूचना भने आएको छ ।’ घटनास्थल दोभान प्रहरी चौकीको एरियाभित्र पर्दछ ।

स्थानीयले पहिरोमा नरबहादुर राना, आकाश तामाङ, हरि दर्लामी, वीरबहादुर गुरुङ र रमेश परियारको घर पहिरोमा पुरिएको जनाएका छन् ।

प्रहरीका अनुसार सिद्धबाबा, झुम्सा, कालिमाटी लगायतका स्थानमा पहिरो खसेर बाटो अवरुद्ध भएको छ । अनलाइनखबरबाट



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०