Tuesday, 21st April, 2026
वि.स.
Thaha-002-1774415222.gif

पालुङ सहरका मूल गुरु सम्मानित

indra-jatra-Palung-1632201164.jpg

थाहा नगरपालिका वडा नम्बर २ पालुङ सहरस्थित नेवार समुदायका मूल गुरु सम्मानित भएका छन् । इन्द्र जात्राको अवसरमा आयोजित एक कार्यक्रमका बीच मूल गुरु अष्टमान श्रेष्ठलाई दोसल्ला, फेटा र कदरपत्रसहित सम्मान गरिएको हो । 

साँस्कृतिक सम्पदा संरक्षण समितिको आयोजनामा ४ असोजमा भएको कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले मूल गुरु श्रेष्ठलाई सम्मान गरेका हुन् । सोही अवसरमा मूल गुरुका अन्य सहायक गुरुहरुलाई पनि सम्मान गरिएको समितिले जनाएको छ । सम्मानित हुनेहरुमा ध्रुव श्रेष्ठ, भिम्देव नापित, निरन्जन श्रेष्ठ, दिपेन्द्रराज प्रधान, देवकृष्ण श्रेष्ठ र विश्वमान श्रेष्ठ रहेका छन् ।

कार्यक्रममा सम्मानपत्र प्रदान गर्दै थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टलाई थाहा नगरपालिका साँस्कृतिक सम्पादका दृष्टिले अत्यन्त धनी रहेको र यस विविध पक्षका बारेमा खोजी गर्नु अहिलेको आवश्यकता रहेको बताए । उनले स्थानीय संस्कतिको संरक्षण गर्न नगरपालिकाको तर्फबाट सहयोग हुने पनि बताए । 

साँस्कृतिक सम्पदा संरक्षण समितिका अध्यक्ष जङ्गली राजकुमार प्रधानको सभाध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख विष्ट, थाहाका उपप्रमुख खड्ग गोपाली, इन्द्रायणी भगवती कालाभैरव संरक्षण समितिका अध्यक्ष श्यामभक्त श्रेष्ठ , बाँसुरी गुरु निरञ्जन श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा थाहा नगरपालिका–२ का वडाध्यक्ष गुप्तबहादुर कार्की, थाहा नगरपालिका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सम्पदा संरक्षण समितिका सचिव ध्रुव श्रेष्ठले स्वागत गरेका थिए ।

कार्यक्रममा स्थानीय कलाकारहरुले ब्रम्हा–बिष्णु र लाखे नाच प्रस्तुत गरेका थिए । सोही कार्यक्रममा अनिलभक्त श्रेष्ठ(हेटौँडा), श्यामभक्त श्रेष्ठ(काठमाण्डौँ), भोजमान श्रेष्ठ(हेटौँडा), विजयविक्रम श्रेष्ठ(पालुङ), पालुङ युवा समाज र नरेन्द्र श्रेष्ठ(पालुङ)लाई कदरपत्र प्रदान गरिएको थियो । 


 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०