Friday, 28th August, 2026
वि.स.

पालुङ बहुउद्देश्यीय सहकारी संस्थामा चिस्यान केन्द्र उद्घाटन

130123528_110786828633592-1607098722.jpg

मकवानपुर थाहा नगरपालिकामा रहेको पालुङ वहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा निर्माण गरिएको चिस्यान केन्द्र उदुघाटन गरिएको छ । मकवानपुर जिल्ला सहकारी संघबाट संचालित सहकारी बजार विकास कार्यक्रमको सहयोगमा निर्माण गरिएको तरकारी तथा फलफुल चिस्यान केन्द्रको उद्घाटन गरिएको हो । 

चिस्यान केन्द्रको राष्ट्रिय सहकारी महासंघ नेपालका संचालक तथा  जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष नारायण प्रसाद देवकोटाले उद्घाटन गरेका हुन् । सहकारी बजार बिकास कार्यक्रमको ७० प्रतिशत र सहकारी संस्थाको ३० प्रतिशत लागत साझेदारीमा चिस्यानकेन्द्रको निर्माण गरिएको व्यवस्थापक प्रकाश पौडेलले जानकारी दिए । 

सहकारी संस्थाका अध्यक्ष पुरुषोत्तम कार्कीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा मकवानपुर जिल्ला सहकारी संघ लि.का निबर्तमान अध्यक्ष बद्रीप्रसाद लम्साल, उपाध्यक्ष मेनुका दाहाल, सचिव दिनेश उपाध्याय, कोषाध्यक्ष बिमलकुमार ढकाल, संघका ब्यवस्थापक गोबिन्द दाहाल, कार्यक्रम संयोजक शिबहरि दाहाल लगायत सहकारी संस्थाका पदाअधिकारीहरुको उपस्थिती रहेको थियो । सो कार्यक्रममा सहकारीका अध्यक्ष कार्कीले संस्थाले गरेको कार्यहरुको विषयमा अतिथि तथा उपस्थित व्यक्तिहरुलाई जानकारी गराएका थिए । 

करिब ७५ करोड कर्जा लगानी तथा करिब ५५ करोड बचत रहेको पालुङ बहुउद्देश्यीय सहकारी संस्था लि.को १६ मंसिरबाट घुम्ती साधारण सभा संचालन भैरको छ । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif