Thursday, 20th August, 2026
वि.स.

पालुङ प्राथमिक स्वास्थ्य केन्द्रको अध्यक्षमा गोपाली मनोनयन

मकवानपुरको थाहानगर स्थित पालुङ प्राथमिक स्वास्थ्य केन्द्रको अध्यक्षमा भरत गोपाली मनोनयन भएकाछन् । गोपालीलाई २०७३ फागुन ३ गतेको मन्त्रीस्तरीय बैठकको निर्णयले अध्यक्षमा मनोनयन गरेको हो । 

मनोनयन पत्रमा गोपालीको कार्यकाल तीनवर्ष हुने उल्लेख गरिएको छ । यसअघि गाविस रहँदा स्वास्थ्य केन्द्र रहेको स्थानीय निकायको प्रमुख अध्यक्ष रहँदै आएको थियो । 

अध्यक्षमा मनोनयन भएका गोपाली पालुङ जेसीजका पूर्व अध्यक्ष, लायन्स क्लव अफ धादिङ पिस खानीखोलाका पूर्व अध्यक्ष, थाहानगर उद्योग वाणिज्य संघका वर्तमान कार्यसमिति सदस्य, पालुङ भ्याली हार्ट एकेडेमीका संचालक तथा विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील रहेका छन् । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif