Wednesday, 26th August, 2026
वि.स.

पालुङ प्रहरी प्रमुख तामाङको सरुवा, तिमल्सिना आउने

मकवानपुर थाहा नगरपालिकामा रहेको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक (इन्सपेक्टर) विकास कुमार तामाङको सरुवा भएको छ । तामाङको महानगरीय प्रहरी वृत्त दरवारमार्ग काठमाण्डौंमा सरुवा भएको हो । 

इलाका प्रहरी कार्यालय पालुङमा भने महानगरीय प्रहरी जनसेवा, काठमाण्डौं अपराध नियन्त्रण शाखाबाट श्रीराम तिमल्सिना सरुवा भएका छन् । तिमल्सिना अब इलाका प्रहरी पालुङ प्रहरी प्रमुख हुनेछन् । 

नेपाल प्रहरीका ३ सय ६६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा भएसंगै तामाङ पनि सरुवा भएका हुन् । प्रहरी प्रधान कार्यालयले २७ चैत्र साँझ इन्स्पेक्टरहरूको सरुवा गरेको हो । 

१ वर्षमा नियमित सरुवा गर्नुपर्ने भएपनि प्रहरी प्रधान कार्यालयले पछिल्लो चार महिनादेखि सरुवा गर्न सकेको थिएन । सरुवा भएका प्रहरी निरीक्षकहरू ०७६ पुस ७ मा सरुवा भएर आफ्नो कार्यक्षेत्रमा रहेका थिए । 

हेर्नुहोस सबैको सरुवा विवरण


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif