Friday, 28th August, 2026
वि.स.

पालुङ जेसीज वर्ष २०२१ को अध्यक्षमा लामा भारी मतले विजयी

Nawa-1607178303.jpg

मकवानपुर थाहानगरमा क्रियाशील पालुङ जेसीज वर्ष २०२१ को अध्यक्षमा नवराज लामा विजयी भएका छन् । वर्ष २०२० मा महासचिव रहेका लामाले अध्यक्षका अर्का उमेद्वार जयराम खत्रीलाई २६ मतको भारी अन्तरले पराजित गरेका हुन् । पालुङ जेसीजको सभाहलमा भएको निर्वाचनमा कुल १ सय ३६ मत खसेकोमा लामाले ८१ र खत्रीले ५५ मत पाएका हुन् । निर्वाचनमा खसेको सबै मत सदर भएको थियो । 

यसअघि अध्यक्षका उमेद्वार अनिता विष्ट, संगम कार्की र विक्रम केसीले उमेद्वारी फिर्ता लिएपछि लामा र खत्री बीच निर्वाचन भएको निर्वाचन अधिकृत कुमार नेगीले जानकारी दिए । 

त्यसैगरी पालुङ जेसीजको कार्यकारी उपाध्यक्षमा बिक्रम गोपाली र सुशान्त गोपाली तथा उपाध्यक्षमा संजय गोपाली, माधव कार्की, जनक तामाङ र सुविन्द्रमान प्रधान सर्वसम्मत निर्वाचित भएको निर्वाचन अधिकृत नेगीले जानकारी दिए । कार्यकारी उपाध्यक्षमा चार उपाध्यक्ष पदका लागि ८ जनाको उमेद्वारी परेको थियो । पालुङ जेसीज सन् २००० मा स्थापना भएको हो । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif