Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

पालुङ जेसीजले गर्यो जनकल्याणमा लागूपदार्थ दुव्यर्सन विरूद्ध जनचेतनामूलक कार्यक्रम

JCI-1615424348.jpg

मकवानपुर थाहानगरमा क्रियाशील पालुङ जेसीजले लागूपदार्थ दुव्यर्सन विरूद्ध जनचेतनामूलक कार्यक्रम संचालन गरेको छ । इलाका प्रहरी कार्यालय पालुङको समेत सहयोगमा पालुङ जेसीजले जनकल्यण माध्यमिक विद्यालयमा कार्यक्रम संचालन गरेको हो । 

महाशिवरात्रीको अवसर पारेर लागुपदार्थको प्रयोग बारे जनकल्यण माविमा १२ वर्ष माथिका छात्रछात्राहरुका लागि लागूपदार्थ दुव्यर्सन विरूद्ध जनचेतनामूलक कार्यक्रम गरिएको पालुङ जेसीज वर्ष २०२१ का कोषाध्यक्ष निरज रायमाझीले जानकारुी दिए । सहभागीहरुलाई इलाका प्रहरी कार्यालय पालुङका असई बनिोद थापाले सहजीकरण गरेका थिए । 

कार्यक्रमको अवसरमा  सहभागीहरुलाई पालुङ जेसीजका निवर्तमान अध्यक्ष जेसी मनोज रायमाझीले जेसीजको महत्वको बारेमा प्रकाश पार्दै युवाहरूलाई जेसीजमा आवद्ध हुन आव्हान गरेका थिए । पालुङ जेसीज २०२१ का शाखा अध्यक्ष जेसी नवराज लामा सभाध्यक्षता र जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा पालुङ जेसीज वर्ष २००५ का अध्यक्षसानोभाई कार्कीको प्रमुख आतिथ्यमा कार्यैक्रम भएको थियो । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०