Saturday, 15th August, 2026
वि.स.

पालुङ जेसीजको २१ औं साधारण सभा उद्घाटन, साधारण सभाले पदाधिकारी निर्वाचित गर्दै

265398570_454985297843723-1639132251.jpg

सन् २००० मा स्थापित पालुङ जेसीजको २१ औँ वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रम २४ मंसिरमा सम्पन्न भएको छ ।

थाहा नगरपालिकाका उपमेयर एवम् पालुङ जेसीज सन् २००३ का अध्यक्ष खड्गबहादुर गोपालीले एक समारोहबीच साधारण सभाको उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा प्रमुख अतिथिको मन्तव्य दिँदै उपमेयर गोपालीले आफ्नो मन सँधै जेसीज अभियानमा रहेको जनाए । उनले पालुङ जेसीजको संस्थागत विकासका लागि नगरपालिकाको तर्फबाट निरन्तर सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

पालुङ जेसीज वर्ष २०२१ का अध्यक्ष नवराज लामाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा पालुङ जेसीजका संस्थापक अध्यक्ष पुरुषोत्तम ढकाल, थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्री, थाहा होटल एसोसिएसनका अध्यक्ष शिबकुमार खत्री, सिन्धु विकास बैंक पालुङका प्रवन्धक नरेन्द्र तिमल्सिना, इलाका प्रहरी कार्यालय पालुङका प्रहरी नायव निरीक्षक अच्युतप्रसाद पौडेल, कुण्डलदेवी बहुउद्धेश्यीय सहकारी संस्थाका व्यवस्थापक राजन मिश्र, हिमालयन इङ्लिश बोर्डिङ स्कूलका प्रिन्सिपल बाबुलाल उप्रेती, पत्रकार शम्भु अधिकारी लगायतले शुभकामना दिए ।

उद्घाटन सत्रपछि अहिले साधारण सभाको बन्द सत्र चलिरहेको छ । साधारण सभाले विभिन्न प्रतिवेदनहरु पारित गर्नुका साथै सन् २०२२ का लागि अध्यक्ष(१ जना), कार्यकारिणी उपाध्यक्ष(२ जना) र उपाध्यक्ष(४ जना) निर्वाचित गर्नेछ ।

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif