Saturday, 15th August, 2026
वि.स.

पालुङ जेसीजकाे मातृत्वमा मकवानपुरगढी जेसीज स्थापना हुने

272777448_893760901318058-1643461821.jpg

मकवानपुरगढी गाउँपालिकामा जेसीज खुल्ने भएको छ । पालुङ जेसीजको मातृत्वमा मकवानपुरगढी जेसीज खुल्न लागेको हो ।

१५ माघमा सम्भावित मकवानपुरगढी जेसीजका सदस्यहरुलाई पालुङ जेसीजले प्रि-इन्डक्सन तालिम प्रदान गरिएको छ । पालुङ जेसीजका अध्यक्ष जयराम खत्रीको सभाध्यक्षतामा भएको तालिममा पालुङ जेसीजका पूर्व अध्यक्ष सुरेन्द्रमान प्रधानले सहजीकरण गरेका थिए ।

तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले आफ्नो पालिकामा जेसीज स्थापना हुन लागेकोमा खुसी व्यक्त गर्दै बौद्धिक नेतृत्व विकासका लागि कोशे ढुङ्गा साबित हुने बताए ।

कार्यक्रममा मकवानपुरगढी गाउँपालिका ३ का वडाध्यक्ष भागवत घिमिरे, पालुङ जेसीजका संस्थापक अध्यक्ष पुरुषोत्तम ढकाल, पूर्व अध्यक्ष भरत गोपाली, मनोज रायमाझी र सम्भावित मकवानपुरगढी जेसीजका अध्यक्ष पुष्पराज पुडासैनीले मन्तव्य व्यक्त गरेका थिए । 

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif