nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

पालुङ जेसीजकाे अध्यक्ष र कार्यकारिणी उपाध्यक्षमा चार/चार जनाकाे उमेदवारी, उपाध्यक्षमा नाै जना भिड्दै (सूचीसहित)

IMG_20211205_175012-1638706129.jpg

सन् २०२२ का लागि पालुङ जेसीजकाे अध्यक्षमा चार जनाकाे उमेदवारी परेकाे छ । 

निर्वाचन आयुक्त मनाेज रायमाझीले दिएकाे जानकारी अनुसार सन् २०२२ का लागि पालुङ जेसीजकाे अध्यक्षमा जयराम खत्री,  संगम कार्की, निरज रायमाझी र अनिता विष्टले उमेदवारी दिएका छन् ।

उमेदवारहरुबीच सहमतिकाे अधिकतम प्रयास हुँदा पनि २०१३, २०१५, २०१९ र २०२१ निर्वाचन भएकाे थियाे । 

सन् २०२२ का लागि उमेदवार दिएकामध्ये जयराम खत्रीको याे लगातार तेस्रो हाे । सन् २०२० मा अध्यक्षकाे उमेदवारी दिएका उनले अन्ततः उमेदवारी झिकेका थिए । सन् २०२१ मा पनि उमेदवारी दिएका उनी अन्ततः निर्वाचनमै गएका थिए र परिणामतः उपविजेता भएका थिए । 

सन् २०२१  मा पालुङ जेसीजकाे अध्यक्ष पदकाे लागि अनिता विष्टले पनि उमेदवारी दिएकी थिइन् । जेसीजकाे इतिहासमा महिला अध्यक्षकाे इतिहास काेर्ने अडान राख्दाराख्दै अन्ततः उनले सहमतिकाे बाधक नभएकाे भन्दै उमेदवारी छाेडेकी थिइन् । 

२०२२ का लागि अध्यक्षका उमेदवार विष्ट, संगम कार्की र निरज रायमाझी सन् २०२१ मा एउटै बाेर्डमा छन् । अहिले  विष्ट कानूनी सल्लाहकार,  कार्की महासचिब र रायमाझी काेषाध्यक्ष छन् । खत्री अध्यक्षीय सल्लाहकारकाे रुपमा छन् । 

सन् २०२२ का लागि पालुङ जेसीजकाे कार्यकारिणी  उपाध्यक्ष पदका पनि चार जनाकाे उमेदवारी परेकाे छ ।  जेसीजकाे विधान अनुसार दुई जना उपाध्यक्ष चुनिनुपर्ने हुन्छ । कार्यकारिणी उपाध्यक्षका लागि उमेदवारी दिनेहरुमा माधव कार्की, सुविन्द्रमान प्रधान,  सञ्जय गाेपाली र दिपा वल रहेका छन् । 

त्यस्तै चार जना उपाध्यक्ष पदका लागि नाै जनाकाे उमेदवारी परेकाे छ । उपाध्यक्षकाे उमेदवारहरुमा स्वदिप बस्नेत, अजय कार्की, सन्देश गाेपाली, अञ्जय प्रधान,  मानसिङ दाेङ, अजित कार्की, कमल विष्ट, सत्यदेवी स्याङ्तान र अनन्त ढकाल रहेका छन् । 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)