Sunday, 16th August, 2026
वि.स.

पालुङमा समातियो १०४ किलो गाँजा, ट्रक, गाँजा र चालक प्रहरी नियन्त्रणमा

h-1629889367.jpg

थाहा  नगरपालिका वडा नम्बर ३ दोबाटोबाट १०४ किलो गाँजासहित ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

डाँडाखर्कबाट शिखरकोटतर्फ आउँदै गरेको ना ७ ख ७६६४ नम्बरको मिनी ट्रक रोकेर जाँच गर्दा सो ट्रकमा लोड गरेको आलुको बोराको बीच भागमा लुकाई छिपाई ल्याएको १०४ किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।

ट्रकमा गाँजा ल्याउँदै गरेको सूचनाको आधारमा हिजो मंगलबार प्रहरीले दोबाटोमा ट्रक रोकेर जाँच गर्दा बोराको बीभ भागमा ८ वटा पोकामा लागु औषध गाँजा फेला परेको हो । गाँजा, ट्रक र ट्रकका चालक मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ बुढीचौरका ४१ वर्षीय अम्बरबहादुर घिसिङलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रवक्ता रिमालले जानकारी दिए । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०