nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

पालुङमा गुणस्तर सुधार सम्बन्धी गोष्ठी सम्पन्न

Health-003-1485774994.jpg

जिल्ला जनस्वास्थय कार्यालय मकवानपुरको आयोजना तथा पालुङ प्राथमिक स्वास्थ्य केन्द्रको व्यवस्थापनमा एक दिने सुरक्षित गर्भपतन सेवाको गुणस्तर सुधार सम्बन्धी गोष्ठी सम्पन्न भएको छ । 

पालुङ प्राथमिक स्वास्थ्य केन्द्र थाहा नगरपालिका वडा नम्बर ८ मा सम्पन्न गोष्ठीको प्राविधिक सहयोग आइपासले गरेको थियो । गोष्ठीमा स्वासथय केन्द्र व्यवस्थापन समितिका पदाअधिकारीहरु, विद्यार्थी, स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी, कर्मचारीलगायतकाको सहभागिता रहेको थियो । 

कार्यक्रमका सहभागीहरुलाई जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका तथ्याङ्क अधिकृत सुरेश यादवलगायतले सहजीकरण गरेका थिए । थाहानगरको बज्रवाराही स्वास्थ्य चौकीमा पनि सुरक्षित गर्भपतन सेवाका लागि प्राविधिक सहयोग गरिरहेको आइपासकी उषा ढकालले बताइन् ।

गोष्ठी पालुङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर रिनेश अधिकारीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा डाक्टर अधिकारीले गोष्ठीबाट सेवारत् स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई थप हौसला मिलेको बताए । उनले स्वास्थ्य केन्द्रको गुणस्तरीय सेवालाई प्रभावकारी बनाउन सधै सक्रिय रहने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रमको अवसरमा प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष भिम बहादुर परियारको अध्यक्षतामा स्वास्थ्य केन्द्र गुणस्तर एवं सेवा सुदृढिकरण समिति पनि गठन भएको छ । समितिको सदस्य सचिव डाक्टर रिनेश अधिकारी तथा कार्यविधि अनुसार सदस्यहरु चयन भएकाछन् । 
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)