Sunday, 16th August, 2026
वि.स.

पालुङका भाषा गुरु श्रेष्ठको सम्झनामा श्रद्धाञ्जली सभा

SSaaa-1629908699.jpg

मकवानपुर थाहा नगरपालिका वडा नम्बर २ का प्रेमबहादुर श्रेष्ठको निधन भएको १३ औं दिनको पुण्यतिथिमा पालुङमा श्रद्धाञ्जली सभा भएको छ । 

ऐतिहाँसिक तथा साँस्कृतिक सम्पदायुक्त पालुङका भाषा गुरु तथा ख्वल गुरु श्रेष्ठको २९ साउनमा निधन भएको थियो । इन्द्रायणी कालभैरव भगवती गुठी संरक्षण समितिका अध्यक्ष श्याम भक्त श्रेष्ठको प्रमुख अतिथ्यमा भएको श्रद्धाञ्जली कार्यक्रममा पालुङ सांस्कृतिक सम्पदा संरक्षण समितिका अध्यक्ष जंगली राजकुमार प्रधान, स्थानीय तेज बहादुर प्रधान, वीरेन्द्र श्रेष्ठलगायतकाको आतिथ्यता रहेको थियो ।

श्रद्धाञ्जली कार्यक्रममा उपस्थित भएकाहरुलाई खिं गुरु तथा पालुङ सांस्कृतिक सम्पदा संरक्षण समितिका सचिव ध्रुव श्रेष्ठले स्वागत गरेका थिए । कार्यक्रममा बाँसुरी गुरु निरञ्जन श्रेष्ठ,  दीपेन्द्र राज प्रधानलगायतले श्रेष्ठले पालुङमा संकृति संरक्षण तथा प्रवद्र्धनमा सर्हानिय कार्य गरेको भन्दै प्रशंसा गरेका थिए । 

श्रेष्ठको जन्म वि.सं. १९९७ सालमा पालुङमा भएको थियो । उनको दुई छोरा र तीन छोरी तथा श्रीमती छन् । श्राद्धाञ्जली कार्यक्रममा पालुङ स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०