Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

पालुङका तामाङसमेतकाे कमाण्डमा राक्सिराङ-कैलाशमा ३२ बिगाहा क्षेत्रफलको गाँजा खेती फडानी

Gaja-r-1608598972.jpg

मकवानपुरको विकट राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकामा अबैध रुपमा लगाइएको गाँजा खेती नष्ट गरिएको छ । ८५ जना प्रहरीको टोलीले ३२ विगाहा क्षेत्रफलमा लगाइएको हरियो गाँजा खेती नष्ट गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनाश अधिकारी, इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरिक्षक बिनोद श्रेष्ठ र ईलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरिक्षक विकाश कुमार तामाङको कमाण्डमा संयुक्त रुपमा खटिएको ८५ जना प्रहरी टोलीले गाँजा फडानी गरेको हो ।

राक्सिराङ वडा नंम्बर ३ को लावती, सरिखेत पलासे र कैलाश गाउँपालिका वडा नंम्बर ५ लगायत स्थानहरुमा ३२ बिगाहा ५ कट्ठा लागुऔषध गाँजा खेती फडानी गरी नष्ट गरिएको हो।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०