Tuesday, 25th August, 2026
वि.स.

पार्किङस्थलबाट जिप चोरेर दुर्घटना गराएको आरोपमा युवक पक्राउ

pakarau-1623570084.jpg

कैलालीमा पार्किङमा राखिएको जिप चोरी गरेर दुर्घटना गराएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका(२ का २७ वर्षीय करनसिंह धामीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार धामीले बिहीबार राति धनगढी बसपार्कस्थित नविन होटलको बाहिर पार्किङ गरेर राखेको बझाङको छविसपाथिभेरा(५ का खड्कबहादुर चलाउनेको बा १४ च १६४४ नम्बरको बोलेरो जिप हराएको थियो । बिहान उठ्ने क्रममा पार्किङ गरेको ठाउँमा जिप थिएन । पछि खोजी गर्दै जाँदा गोदावरीको जंगलमा जिप दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।

नविन होटलमा बसेका धामीले चलाउनेको कोठाको झ्यालबाट चाबी चोरेर जिप गोदावरीसम्म पुर्याएको पाइएपछि उनलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif