Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

पानी जमेको खाल्डोमा डुबेर दाजु-भाइको मृत्यु

dubera-1622349572.jpg

 महोत्तरीमा पानी जमेको खाल्डोमा डुबेर एकै परिवारका दाजु(भाइको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामगोपालपुर नगरपालिका ९ गोठबनौली निवासी रामकरण मण्डलका १० वर्षीय छोरा आशिक कुमार र नौ वर्षीय प्रेम कुमार छन् ।

घर नजिकै रहेको एमपीएस इँटा उद्योगले माटो झिक्न खनेको खाल्डोमा डुबेर दाजु(भाइको मृत्यु भएको महोत्तरी प्रहरीका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।

उनका अनुसार शनिबार साँझ वर्षाको पानी जम्मा भएको खाल्डोमा डुबेका दाजु(भाइलाई देखेपछि स्थानीयले उद्धार गरेर उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र लगेका थिए । त्यहाँँ प्राथमिक उपचारपश्चात थप उपचारका लागि जिल्ला अस्पताल जलेश्वर ल्याउनेबित्तिकै मृत्यु भएको विष्टले बताए।

दुबै दाजु(भाइ खेल्दाखेल्दै खाल्डोसम्म पुगेर डुबेको स्थानीयले बताएका छन् । उनीहरुको शव पोष्टमार्टमका लागि जलेश्वर अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०