Sunday, 16th August, 2026
वि.स.

पाथीभरा सहकारीले दियाे पालुङ क्याम्पसका विद्यार्थीलाई छात्रवृत्ति

IMG_20220106_112815-1641447824.jpg

थाहानगरकाे लाेकप्रिय पाथीभरा बचत तथा ऋण सहकारी संस्थाले पालुङ बहुमुखी क्याम्पसमा अध्ययनरत एक जना विद्यार्थीकाे लागि पूर्ण छात्रवृत्ति उपलब्ध गराएकाे छ । 

सहकारीका अध्यक्ष गाेकर्ण बरुवाल र शिक्षा उपसमिति संयाेजक राजाराम रायमाझीले २२ पुसमा क्याम्पसमै पुगेर रु. २५,००० बराबरकाे छात्रवृत्ति प्रदान गरेका हुन् ।

सहकारीले उपलब्ध गराएकाे छात्रवृत्ति क्याम्पसकाे वार्षिकोत्सबकाे अवसरमा विद्यार्थीलाई प्रदान गरिने क्याम्पस प्रमुख रामहरि अधिकारीले जानकारी दिए ।

क्याम्पसले विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउन विशेष अभियान सञ्चालन गरी विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सहयाेगकाे आग्रह गरिरहेकाे क्याम्पस प्रमुख  अधिकारीले बताए । 

क्याम्पसमा हाल करिव डेढ सय विद्यार्थी अध्ययनरत छन् । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०