Saturday, 15th August, 2026
वि.स.

पाथीभरा सहकारीको वार्षिक साधारण सभा सम्पन्न

pathivara-1638261394.jpg

थाहा नगरपालिकाको वडा नम्बर २ मा कार्यालय रहेको पाथीभरा बचत तथा ऋण सहकारी संस्थाको १५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष गोकर्ण बरुवालको अध्यक्षता तथा थाहा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष गुप्तबहादुर कार्कीको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो । साधारण सभाको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि कार्की, पत्रकार कुमार नेगी, सिन्धु विकास बैंक पालुङ शाखा प्रवन्धक नरेन्द्र तिमल्सिना, पालुङ बहुउद्धेश्यीय सहकारी संस्थाका अधिकृत सुरेश ढकाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

साधारण सभाले अध्यक्ष, सचिब, कोषाध्यक्ष, लेखा समिति लगायत उपसमितिहरुको प्रतिवेदन सर्वसम्मत् पारित गरेको संस्थाका व्यवस्थापक राजाराम कार्कीले जानकारी दिए ।
पाथीभरा बचत तथा ऋण सहकारी संस्था उत्तरी मकवानपुरका उत्कृष्ट सहकारीहरुमध्ये पर्दछ ।  

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif