nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

पातलीमायालाई मिसेस तामाङ मकवानपुरकाे उपाधि

mises-tamang-1639991537.jpg

ओपेरा इन्फोटेन्टमेन्ट सिने प्रालिको आयोजनामा भएको मिसेस तामाङ मकवानपुर–२०७८ को विजेता पातलीमाया सिन्तान घोषित भएकी छन् ।  शनिबार हेटौंडामा भएको फाइनल प्रतिस्पर्धाबाट मिसेस तामाङ मकवानपुर–२०७८ को सिन्तान विजेता बनेकी हुन् । प्रतियोगिताको टप ८ बाट फस्ट  रनरप विन्दु रुम्बा, सेकेन्ड  रनरपमा गंगा लामा विजेता  भएको जनाइएको छ ।

ओपेराका संचालक विक्रम लुङ्वाको अध्यक्षतामा भएको कार्यक्रममा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानु लामा, मकवानपुर तामाङ कलाकार संघका अध्यक्ष धिरेन लामा, गोले वंश तामाङ उत्थान समाज मकवानपुरका अध्यक्ष राजकुमार गोले लगायतको उपस्थिति रहेको थियो ।

 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)