Saturday, 15th August, 2026
वि.स.

पातलीमायालाई मिसेस तामाङ मकवानपुरकाे उपाधि

mises-tamang-1639991537.jpg

ओपेरा इन्फोटेन्टमेन्ट सिने प्रालिको आयोजनामा भएको मिसेस तामाङ मकवानपुर–२०७८ को विजेता पातलीमाया सिन्तान घोषित भएकी छन् ।  शनिबार हेटौंडामा भएको फाइनल प्रतिस्पर्धाबाट मिसेस तामाङ मकवानपुर–२०७८ को सिन्तान विजेता बनेकी हुन् । प्रतियोगिताको टप ८ बाट फस्ट  रनरप विन्दु रुम्बा, सेकेन्ड  रनरपमा गंगा लामा विजेता  भएको जनाइएको छ ।

ओपेराका संचालक विक्रम लुङ्वाको अध्यक्षतामा भएको कार्यक्रममा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानु लामा, मकवानपुर तामाङ कलाकार संघका अध्यक्ष धिरेन लामा, गोले वंश तामाङ उत्थान समाज मकवानपुरका अध्यक्ष राजकुमार गोले लगायतको उपस्थिति रहेको थियो ।

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif