Monday, 27th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु

kaski-1594965034.jpg

कास्कीमा एकै परिवारका तीन जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण प्रेम विकको घरमाथि पहिरो खस्दा माछापुच्छ्रे गाउँपालिका९८ स्थित खोराकोमुखमा एकै परिवारका ३ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

पहिरोमा परी ज्यान गुमाउनेमा १६ वर्षीय कुशल विक, १४ वर्षीय समीर विक र १६ वर्षीया रोजिना विक रहेको कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।

तीनै जना प्रेम विकका नातीनातिना रहेको उहाँले बताउनुभयो । घरमा ६ जना सुतिरहेको अवस्थामा माथिबाट पहिरो खसेको थियो । घरको १ कोठा पहिरोले च्यापेको छ ।बाँकी ३ जना शकुसल रहेको र घटनास्थलमा प्रहरीको टोली पुगेर शव बाहिर निकाली सकेको प्रहरीले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०