Thursday, 23rd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

पशुपतिनाथ मन्दिर सर्वसाधारणका लागि खुल्ने

pashupati-822x464-1608042594.jpg

हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरमा आज (मंगलबार) क्षमापूजा गरिएको छ ।कोरोना संक्रमणको जोखिमका कारण नौ महिनादेखि बन्द गर्नुपर्दा क्षमापूजा गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । क्षमापूजाका लागि राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान पशुपतिनाथ पुगेकी थिइन् ।

प्राचीनकालदेखि नियमित पूजा हुँदै आएकामा कोरोनाका कारण बन्द गर्न बाध्य भएपछि क्षमापूजा गरिएको हो । आज क्षमापूजा गरिएपछि भोलि (पुस १ गते) देखि सर्वसाधारणका लागि खोल्न लागिएको पनि कोषले जनाएको छ ।

पहिलो चरणमा मन्दिरको पश्चिम ढोकोबाट भक्तजनहरुलाई प्रवेश गर्न दिइनेछ भने सोही ढोकाबाटै बाहिर निस्कने व्यवस्था मिलाइएको छ । मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्य मास्क लगाउनुपर्नेछ । मन्दिरभित्र हुने विशेष पूजा, भजनकिर्तनलगायत क्रियाकलाप भने अहिले सुरु नहुने भएको छ ।