Sunday, 16th August, 2026
वि.स.

पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने राज्य मन्त्री बानियाँको आश्वासन

मकवानपुरको थाहानगर सहित उत्तरी मकवानपुरको पर्यटन प्रवद्र्धनमा प्रतिवद्ध रहने संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्य मन्त्री ईन्द्र बहादुर बाँनियाले आश्वासन दिएकाछन् ।  उत्तरी मकवानपुर पर्यटकीय उर्वरभूमी रहेकोले पर्यटकीय क्षेत्रको सूचिमा राख्न सक्दो पहल गर्ने मन्त्री बानियाँको भनाइ थियो । पालुङ जेसीजको वर्ष २०१७ को पद्स्थापना कार्यक्रमको उद्घाटन गर्न १३ पौषमा थाहानगर आइपुगेका बानियाँले यस्तो बताएका हुन् । कार्यक्रमको अवसरमा उनले योजना बनाए त्यसमा आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

कार्यक्रममा संस्थापक अध्यक्ष पुरुषोत्तम ढकाल तथा पूर्व अध्यक्षहरु, थाहा नगरपालिकाका कार्यकारी अधिकृत भिम परियार, नेपाली कांग्रेस थाहानगर कमिटका सभापति योगेन्द्र मान श्रेष्ठ, नेकपा एमालेका ज्ञानेश्वर ढकाल, नेकपा माओवादी केन्द्र थाहानगर कमिटिका अध्यक्ष अरुण रायमाझी, राप्रपाका थाहानगर अध्यक्ष हरेराम कार्की, राष्ट्रिय जनमोर्चा नेपालका जिल्ला अध्यक्ष लक्ष्मण विष्ट लागयतको आतिथ्यता रहेको थियो । कार्यक्रम पालुङ जेसिज वर्ष २०१६ का अध्यक्ष शिव कुमार खत्रीको सभाध्यक्ष तथा हेटौडा लेडि जेसिजका अध्यक्ष तथा नेपाल जेसिज वर्ष २०१७ का राष्ट्रिय उपाध्यक्ष शोभा खरेलको विशेष आतिथ्यतामा रहेको थियो । 
 
पालुङ जेसीज वर्ष २०१७ का लागि अञ्जल प्रधान यसअघि नै निर्वाचित भइसकेका छन् । प्रधान सहितका पदाअधिकारीले १३ पौषमा सपथ ग्रहण गरेकाछन् । 

 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०