Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

परीक्षणको दायरा बढाउँदै थाहानगर, टोल–टोल पुग्दै स्वास्थ्यकर्मी

corona-test-thahatimes-1622369075.jpg

थाहा नगरपालिकामा कोरोना सङ्क्रमणदर बढ्दै गएपछि स्वास्थ्यकर्मीहरुको टोली टोलटोलमा पुगेर परीक्षणको दायरा बढाउन थालेका छन् । हालसम्म थाहाका ६, ७, ८, ११, १२ लगायत वडाहरुको टोलटोलमा पुगेर स्वाब सङ्कलन र परीक्षण गरिसकेको थाहा नगरपालिकाले सोमबार १७ जेठमा वडा नम्बर ३ मा पुगेर एन्टिजेन परीक्षण गर्ने भएको छ । 

थाहा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजेश केसीका अनुसार वडा नम्बर ३ मा तीन स्थानमा फरक फरक समयमा एन्टिजेन परीक्षण गरिनेछ । सोमबारका लागि बिहान सात बजे डाडागाउँ,  एघार बजे दम्की  र दिउँसो तीन बजे बिकासघर शिखरकोटमा पायक पर्ने व्यक्तिहरुलाई बोलाइएको उनले जानकारी दिए । 

कोरोनाको लक्षणसँग मिल्दोजुल्दो लक्षण देखिएका र यसअघि सङ्क्रमण पुष्टि भई आइसोलेसनमा रहेका  परिवारका सदस्यहरुलाई प्राथमिकता दिएर परीक्षण गरिने वडा अध्यक्ष केसीको भनाइ रहेको छ । 
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०