Monday, 17th August, 2026
वि.स.

परिचय पत्रकै आधारमा बिद्यार्थीलाई खाेप लगाइने

covid-vaccine-new-1628607370.jpg

अनेरास्ववियुले आफ्नो अभियान अन्तर्गत २७ साउनमा बकैया गाउँ पालिकामा सबै बिद्यार्थीलाई खोप लगाउन माग गरेको छ । अखिल केन्द्रिय सदस्य नवीन मिश्रको नेतृत्वमा पालिका उपाध्यक्ष सरला बोलखेसमक्ष बिद्यार्थीहरुलाई खोप लगाउन माग गरेको हो । 

सरकारले सबै खालको सेवामा रहेका व्यक्तिहरु, फ्रन्टलाइनर तथा जेष्ठ नागरिक आदिलाई खोप लगाइसकेको अवस्थामा बिद्यार्थी बर्गले खोप लाउन पाएका छैनन् । उपाध्यक्ष बोलखेलाई पत्र बुझाउदै केन्द्रिय सदस्य मिश्रले बिद्यार्थीलाई खोप नलगाई बिधालय, क्याम्पस संचालन गर्न सकिने अवस्था नरेको बताएका थिए । 

बोलखेले पनि पालिका यो बिषयमा सकारात्मक रहेको बताउदै २८ साउनपछिका खोप कार्यक्रमहरुमा बिद्यार्थी परिचय पत्र र नागरिकता बोकेर आएकै आधारमा खोप लगाउने बाताबरण बनाउने बताए । उनले खोप लगाउने बिद्यार्थीहरुलाई सहजीकरण गर्न अनेरास्ववियु बकैयाका संयोजक मनोज सुनार र सह संयोजक बिश्वास मगरलाई अनुरोध गरिन् । बिद्यार्थी परिचय पत्रकै आधारमा खोप उपलब्ध हुने प्रतिक्रिया पछि केन्द्रिय सदस्री मिश्रले बोलेखेलैइ धन्यवाद समेत दिएका थिए । 

खोप माग पत्र बुझाउने क्रममा अनेरास्ववियुका केन्द्रिय सदस्य नवीन मिश्र, जिल्ला कमिटी सदस्यहरु भुपेन्द्र राना, राजिब परियार, बकैया गाउँ पलिका संयोजक मनोज सुनार तथा सहसंयोजक बिश्वास मगरको उपस्थिती रहेको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०