Friday, 17th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

पत्रकार शन्तराम बिडारी स्वास्थ्यमन्त्रीकाे प्रेस सल्लाहकार नियुक्त

IMG_20211226_204755-1640531301.jpg

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको प्रेस सल्लाहकारमा पत्रकार शन्तराम बिडारी नियुक्त भएका छन् । 

मन्त्री खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै बिडारीलाई प्रेस सल्लाहकारको कामकाजको जिम्मेवारी दिएका हुन् । 

त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आम सञ्चार केन्द्रीय विभागबाट स्नातकोत्तर तथा नेपाल ल क्याम्पसबाट एलएलबी गरेका बिडारी विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा संलग्न छन् । त्यस्तै पत्रकारिता तथा आमसञ्चार विषय विगत पाँच वर्षदेख अध्यापनसमेत गर्दै आइरहेका छन् ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य तथा समाजवादी प्रेस सङ्गठनका संस्थापक उपाध्यक्ष बिडारी दामनपोष्ट साप्ताहिक तथा दामनपोष्ट डटकमका सम्पादक समेत हुन् । रासस