Saturday, 15th August, 2026
वि.स.

पत्रकार गिरिजा अधिकारी प्रेस युनियनमा

girija-adhikari-1024x463-1640705345.jpg

पत्रकार गिरिजा अधिकारी नेपाली कांग्रेसको सुभेच्छुक संगठन नेपाल प्रेस युनियनमा आवद्ध भएका छन् । युनियनको केन्द्रीय कार्यालय काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा अधिकारीलाई कांग्रेस बागमती प्रदेश समितिका सभापति इन्द्रबहादुर बानियाँ र युनियन अध्यक्ष बद्री सिग्दलले स्वागत गरेका हुन् ।

कार्यक्रममा प्रदेश सभापति बानियाँले लामो समय पत्रकारिता गरेका अधिकारीको प्रवेशले युनियनको संगठनलाई थप बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले संगठनको अनुशासन र पद्धती अनुसार अघि बढ्न सुझाव दिंदै युनियनले अधिकारीलाई उपयुक्त अवसर प्रदान गर्नेसमेत विश्वास व्यक्त गरे । कार्यक्रममा युनियन अध्यक्ष सिग्देलले अधिकारीको बागमती प्रदेशमा रहेको सक्रियता र क्षमताबारे युनियन जानकार रहेको बताउँदै उनको आवद्धताले संगठनमा थप उर्जा मिलेको बताए । उनले प्रेस युनियनको महाधिवेशनको मिति छिट्टै तय गर्ने समेत जानकारी दिए ।

कार्यक्रममा युनियनको बरिष्ठ उपाध्यक्ष दिपक आचार्य, उपाध्यक्ष बाला अधिकारी, कोषाध्यक्ष सरोज अधिकारी, उपमहासचिव भिष्मराज ओझा, केन्द्रीय सदस्य दिलिपाश्री अधिकारी लगायतको उपस्थिति रहेको थियो । अधिकारी प्रेस युनियन मकवानपुरका संस्थापक सहसचिव हुन् ।  सक्रिय पत्रकारितामा रहेका अधिकारी नेपाल पत्रकार बागमती प्रदेश समितिको सल्लाहकार हुन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif