Saturday, 15th August, 2026
वि.स.

पत्रकारलाई धम्की आउँदा महासंघ बोल्न नसकेको भन्दै तालाबन्दी

fnj-kaski-tala-1627780823.jpg

समाचार लेखेको विषयलाई लिएर पत्रकार रञ्जन अधिकारीलाई धम्की आएको घटनामा नेपाल पत्रकार महासंघ कास्की शाखाले अभिभावकत्व ग्रहण गर्न नसकेको भन्दै प्रेस चौतारी कास्कीले महासंघ कास्की शाखामा तालाबन्दी गरेको छ ।

पत्रकारको संगठन महासंघ नै पत्रकारको अभिभावकत्व लिन नसकेको आरोप लगाउँदै प्रेस चौतारीले शनिबार दिउँसो महासंघको मुस्ताङचोकस्थित महासंघ कार्यालयमा तालाबन्दी गरेको हो । पत्रकारमाथि यस्ता धम्की आउँदा पनि पत्रकार महासंघले अभिभाकत्व ग्रहण नगरेको भन्दै तालाबन्दी गरिएको चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीले बताए । नवलपरासी घर भई पोखरा ११ बस्दै आएका श्रीकृष्ण श्रेष्ठले पत्रकार अधिकारीलाई समाचार लेखेकै विषयलाई आधार बनाएर फोन, फेसबुक म्यासेन्जर र एसएमएसमार्फत धम्की दिने, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको पावर चलाउँछु भन्दै धाकधम्की लगाउने कार्य भएकोमा लामो समयसम्म पत्रकारको संगठनले केही नबोलेको भन्दै तालाबन्दी गरिएको प्रेस चौतारीले जनाएको छ ।

सो कार्यमा संलग्न भनिएका श्रीकृष्ण श्रेष्ठ र प्रयोग भएका सफल सुवेदीलाई कारबाहीको दायरामा नल्याउदासम्म तालाबन्दी नखोलिने प्रेस चौतारीले चेतावनी दिएको छ ।

यसैबीच, संचारसम्बद्ध विभिन्न संघसंस्थाले प्रेस स्वतन्त्रताको रक्षाको माग गर्दै दोषी उपर कारबाही माग गरेका छन् ।
पत्रकार महासंघ कास्की सदस्य पत्रकार अधिकारी हाल गण्डक न्यूजका सम्पादक छन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif