Thursday, 27th August, 2026
वि.स.

पञ्चायतविरुद्ध लडेका थाहाका पुराना नेता अमात्य रहेनन्

IMG_20210623_083347-1624416741.jpg

तत्कालीन पञ्चायत शासनका विरुद्व स्थानीय स्तरमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थाहानगरका पुराना राजनीतिकर्मी कृष्णमान अमात्यकाे निधन भएकाे छ । 

थाहा नगरपालिका १ ओखरबजार निवासी ७४ वर्षीय कृष्णमान अमात्यको काेराेनाका कारण वीर अस्पताल काठमाडौंमा उपचारको क्रममा ८ असार राती १० बजे निधन भएको हो । उनी १४ जेठदेखि  वीर अस्पतालमा उपचाररत थिए । 

उनी तत्कालीन पञ्चायत शासन विरुद्ध स्थानीय युवाहरुको नेतृ गर्दै तत्कालिन नेकपा मालेमा रही भूमिगत राजनीतिमा कृयाशील रहेका थिए । 

नेकपा एमालेकाे  पालुङ गाउँ कमिटी, इलाका कमिटी हुँदै हाल नेकपा एमालेका जिल्ला सल्लाहकार रहेका थिए ।। उनकाे श्रीमती, ३ छोरा, २ छोरी छन्। 

उनले झम्केश्वरी मावि स्थापनाका लागि पनि नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । साे माविका शिक्षक अभिभावक संघका अध्यक्ष समेत रहेका उनी लामो समयदेखि विद्यालय व्यवस्थापन समितिको सदस्य र सल्लाहकार रहेका थिए । उनले करिव ६ वर्ष शिक्षककाे रुपमा समेत काम गरे । 

यसैबीच, झम्केश्वरी माविले एक विज्ञप्ति जारी गर्दै अमात्यको निधनले बिद्यालयलाई अपुरणीय क्षति पुगेको जनाउदै दु:ख व्यक्त गरेको छ । नेकपा एमालेले पनि पार्टीले एक बफादार योद्धा गुमाउनु परेको प्रति दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif