Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

न्याय नपाए न्यायिक समिति : थाहा नगरपालिकामै ३० मुद्धा फैसला

thaha-nagarpalika-1626766714.jpg

मकवानपुरको थाहा नगरपालिकाद्वारा गठित न्यायिक समितिमा परेका मुद्धामध्ये आर्थिक वर्ष २०७७÷७८ मा ३० वटाको फैसला भएको छ । ३० वटै मुद्धा मेलमिलापको विधिबाट निरुपण गरिएका हुन् । समितिमा एक वर्षभित्र विभिन्न किसिमका ४६ मुद्धा परेको न्यायिक समितिका कानुनी सहजकर्ता गोपीकुमारी कार्कीले जानकारी दिइन् ।

अघिल्लो आर्थिक वर्षमा विचाराधीन रहेकासमेत गत आर्थिक वर्षमा न्यायिक समितिमा विभिन्न आठ किसिमका उजुरी परेका थिए । दर्ता भएका मुद्धामध्ये ३ वटा अदालत पठाइएको नगरपालिकाका उपप्रमुख एवम् न्यायिक समितिका संयोजक खड्गबहादुर गोपालीले जानकारी दिए । न्यायिक समितिमा उजुरी दिएर तारिख नबुझेको र सम्पर्कमा नआएको मुद्धा ७ वटा रहेका छन् । त्यसैगरी ८ वटा मुद्धा विचाराधीन रहेका छन् । 

न्यायिक समितिका कानुनी सहजकर्ता कार्कीका अनुसार समितिमा दर्ता भएका उजुरीमध्ये सबैभन्दा बढी जग्गाको साँध–सीमाना सम्बन्धी छन् । एक आर्थिक वर्षमा १७ वटा मुद्धा जग्गासम्बन्धी दर्ता भएको न्यायिक समितिले जनाएको छ । त्यसैगरी १० वटा जग्गा रोक्कासम्बन्धी, ६ वटा आर्थिक लेनदेनसम्बन्धी र ४ वटा अंशसम्बन्धी रहेका छन् । 

न्यायिक समितिमा ज्येष्ठ नागरिकको हेरचाह नगरेको मुद्धासमेत परेको छ । गत आर्थिक वर्ष त्यस्ता ३ वटा मुद्धा दर्ता भएका छन् । त्यसैगरी श्रीमान्–श्रीमती झैं–झगडाका मुद्धा ३ वटा, साधारण कुटपिटका मुद्धा २ वटा र ज्याला विवादसम्बन्धी मुद्धा १ वटा दर्ता भएको कानुनी सहजकर्ता कार्कीले जानकारी दिइन् । 

न्यायिक समितिमा आएका मुद्धा सकेसम्म मेलमिलापको माध्यमबाट निरुपण गर्ने गरिएको न्यायिक समितिका संयोजक गोपालीले बताए । 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०