Wednesday, 1st July, 2026
वि.स.

इन्द्रसरोबर गाउँपालिकाको प्रशासकीय भवन बन्दै, रु. १२ करोडको ठेक्का आह्वान

indra6-1629971080.jpg

इन्द्रसरोवर गाउँपालिकाको सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण हुने भएको छ । प्रशासकीय भवन निर्माण गर्नका लागि १० भदौमा राष्ट्रिय दैनिक पत्रिकामा ठेक्कासमेत निस्किएको छ ।

गाउँपालिकाको प्रशासकीय भवन, इजलास, पर्खालसमेत गरेर १२ करोड ३४ लाख रुपैयाँमा ठेक्का आव्हान गरिएको गाउँपालिकाका इन्जिनियर आदर्श पोख्रेलले बताए ।

साढे दुइवर्ष भित्रमा भवन निर्माण गरिसक्ने लक्ष राखिएको छ । प्रशासकीय भवन पाँच तलाको निर्माण गर्न लागिएको उनले जानकारी दिए । इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–२ खानीखेतमा भवन निर्माण गर्न लागिएको हो ।

एउटा हल सहित ४० वटा कोठा निर्माण गर्न लागिएको उनले बताए । संघीय सरकारले भवन निर्माण गर्नका लागि मात्र ५ करोड ४० लाख सहयोग गरेको छ । अरु रकम गाउँपालिकाले खर्च गर्ने भएको छ । अहिले साँघुरो भवनमा काम गर्नुपर्ने बाध्यतामा रहेको गाउँपालिकाको भवन पर्याप्त कोठा, हलसहितको सुबिधाको निर्माण गरिने भएको छ । गाउँपालिकामा इजलास, बाहिर सार्वजनिक सौचालय, पर्खाल समेत निर्माण गरिने इन्जिनियर पोख्रेलले बताए ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०